समुदायमा कोरोना देखिएपछि लेटाङ नगरपालिका सिल


लेटाङ नगरपालिकामा समुदायमै कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको छ । लेटाङ नगरपालिका वडा नम्बर २ का एकै परिवारका ४ जनालाई कोरोना संक्रमण देखिएपछि सिल गरिएको हो । कन्ट्याक ट्रेसिङ लगायतका कार्य अघि बढाउन र थप संक्रमण फैलन नदिन सिल गरिएको नगरपालिकाले जनाएको छ । भदौ १२ गते शुक्रबार राति १२ बजेदेखि भदौ १६ गते राति १२ बजेसम्मका लागि नगरपालिका सिल गरिएकोे छ ।सिल गरिएको समयमा आकस्मिक स्वास्थ्य सम्बन्धी बाहेकका सबै कार्य बन्द गरिएको नगरपालिकाका प्रमुख शंकर राईले जानकारी दिनुभयो । सिल गरिएको अवधिमा सम्पूर्ण प्रवेश नाका तथा बजारहरुमा अत्यावश्यक स्वास्थ्य सम्वन्धी बाहेकका सबै आवागमन, पेशा तथा व्यवसाय सञ्चालन पूर्ण रुपमा बन्द रहने भएका छन् । नगरवासीहरु सबैलाई घरघरमा होम क्वारेन्टाइन बस्न नगरपालिकाले अनुरोध गरेको छ ।