सुन्दरहरैचामा थप दुई जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपलिकामा शुक्रबार थप दुई जनामा कोरोना पुष्टि भएको छ । संक्रमीत दुई व्यक्ती पुरुष रहेको सुन्दरहरैचा स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमीत दुवै व्यक्ती क्वारेन्टाइनमा बसिरहेको व्यक्ती रहेको स्वास्थ्य शाखाले जनाएको छ । दुवै व्यक्ती क्वारेन्टाइनमा रहे पनि हाल स्वास्थ्य शाखा बन्द भएको कारण सक्रमित व्यक्तीको वडा र उमेर उपलब्ध हुन बाकी रहेको छ ।