सुन्दरहरैचाका प्रमुख प्रशासकिय अधिकृत कोरोनबाट मुक्त

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकाक प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद रेग्मी कोरोना संक्रमणबाट मुक्त भएका छन ।

शुक्रबार उनी आफैले सामाजिक सञ्जालमा स्टाटस लेखी कोरोनाबाट मुक्त भएको जानकारी दिएका हुन । उनी सगै संक्रमित भएकी उनकी श्रीमती समेत कोरोनाबाट मुक्त भएको उनले जानकारी गराएका छन ।

उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन ” काेराेना संक्रमणबाट हामी दुबैजना मुक्त।अब समाजलाई मुक्त बनाउने दायित्व निर्वाहमा पून क्रियाशिल रहने छाै।हामीलाई हाैसला ,अात्मबल र शुभकामना दिने सवैलाई हार्दिक अाभार व्यक्त गर्दछाैं।”