लकडाउन समाधान होईन प्रतिकार गरौ: उधोगपती दुलाल

उधोगपती तथा पुर्वाञ्चल ल्युब आयलका प्रबन्धक भोलेश्वर दुलालले कोरोना भाइरसको जोखिम समाधान गर्न लकडाउन नै मुख्य कारण नभएको बताएका छन । उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लकडाउन कोरोना भाइरसको जोखिम न्युनिकरणको ओखती नभएको भन्दै यसको प्रतिकार गर्नु पर्ने बताएका छन ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेको यो पोष्ट जस्ताको त्यस्तै : ” कोरोनालाई आतंक बनाएर माफिया जगतले संसार लुट्दैछ । यो विश्व शक्ति संघर्षको राजनीतिक एजेन्डा बनिसकेको छ
अनुशासित र नैतिक जीवन नै रोगको सर्वोत्तम उपचार हो । जीवन पद्धति सुधाराैं र अपराधि माफियाहरूकाे लुटबाट आफू पनि बचाैं र अरू लाई पनि बचाउ ।

कोरोनाको आतंक फैलिएपछि अरु रोगबाट मर्नेहरुको सूची गायब भएको छ। संसार मा बर्सेनि मर्ने संख्या ७ करोड़ भन्दा माथि छ। कुनै मानिस जुनसुकै रोगले मरेको भए पनि त्यसलाई कोरोना भनेर प्रचार गर्न थालिएको छ। जसले ससार भरि आतंक फैल्याएको छ। अस्वस्थ मानिसको रगत ‘पोजिटिभ’ नै हुन्छ तर अब रगत ‘पोजिटिभ’ देखियो भने त्यसलाई सिधै कोरोनाको प्रमाणपत्र दिन थालिएको छ। कोरोना भाईरसको औषधि अहिलेसम्म पत्ता लागेको छैन भने अहिले चलिरहेको उपचारबाट मानिस निको कसरी भएको छ ? जबकि १ करोड़ ७७ लाख उपचार बेगर निको भएका छन कोरोना भयानक भाईरस हो भने विश्वमा मर्नेहरुको अनुपात सय कडा २% भन्दा कम किन छ ? त्यसैले यो माहामारी होईन ।

कोरोना जस्तै अन्य रुघाखोकिहरुको कारणले वर्षेनी लाखौं मानिसहरु मर्दै आएका थिए तर ति कसैको चर्चा हुँदैनथ्यो तर कोभिड-१९ नाम दिईएको यो भाईरसलाई किन आतंकको रूप दिईयो ? यसको एक मात्र कारण हो- भाईरस नयाँ हुनु र यो नयाँ भाईरस नियन्त्रण गर्ने औषधि नहुनु । भाईरस नयाँ हुनु र त्यसको औषधि पत्ता लगाउन समय लाग्नुको कारणले औषधि पत्ता नलाग्दै दुनियाँलाई लुटेर भ्याउने योजना अन्तर्गत माफिया जगतले यसलाई अवसर को रुपमा लिएर प्रचार गरिरहेको छ र आफूले उत्पादन गरेका सामानहरु मानिसहरुका हातमा भिडाईरहेको छ।

नेपालमा कोरोना जाँच नगरेका मानिसहरुलाई आवागमन गर्न रोक लगाएको छ। एउटा जाँचको मूल्य ५००० देखि १२ हजार रुपैयाँसम्म लिईएको छ। जबकि यो उपचार होईन, जाँच मात्र हो । जाँचमा सबै विरामीको रगत पोजिटिभ देखाएर माफिया जगतले आफ्नो सामान किन्न विवश बनाईरहेको मात्र छैन कि स्यानिटाईजर जस्ता क्यान्सर उत्पादन गर्ने सामानहरुको प्रयोगमा बाढि ल्याएर अर्को खतरनाक रोग उत्पादन गरि राखेको छ । १०० न्यानो मिटर भन्दा सानो भाईरस कसरि मास्कले छेकिन्छ ? नयाँ रोगमा झन ठूलो खर्चको बोझ लादेर मानिसहरुको सम्पत्ति लुटेर स्वाहा पार्ने चक्रब्युह बनाएर संगठित रुपमा अघि बढेको छ।

कुनै पनि रोगसंग सावधान हुनु पर्छ भन्ने कुरामा विवाद छैन तर यस्तो सावधानी मानिसको अनुशासन, जीवन पद्धति र नैतिकताले विकास गर्ने हो । भाईरस संक्रमणबाट सावधानी अपनाए पुग्छ । जसरी अन्य रुघाखोकि लाग्दैमा मानिस मर्दैन, त्यसैगरी कोरोना संक्रमण हुँदैमा पनि मानिस मर्दैन । भाईसर वा जिवाणुहरुको आक्रमणको प्रतिरोध गर्ने क्षमता गुमेको मानिस मात्र रोगले मर्छ, जो सबै रोगमा हुँदै आएको छ। यतिबेला कोरोनाको आतंक खडा गरेर र उपचारका नाममा घातक चिजहरु प्रयोग गर्न लगाएर माफिया जगतले नयाँ रोगहरु उत्पन्न गराईरहेको छ। कोरोनाको त्रासले निस्केको सबैभन्दा ठूलो समस्या डिप्रेसन हो । मानिसहरुलाई डिप्रेसनमा पुर्याएर अपराधि वर्गले त्यसको उपचारको नाममा अर्बौ रकम लुटिरहेको छ ।

यो लकडाउनमा मात्र नेपालमा ३१०० ले आत्माहत्या गरि सकेका छन । जुन नेपाल प्रहरीको डाटामा उल्लेख गरिएको छ । मास्क ,स्यानीटाइजर, जस्ता चिजहरुलाई अचुक औषधिका रुपमा ब्याख्या गरेर क्यान्सर बढाईरहेको छ र त्यसबाट खर्बौ लुटिरहेको छ ।

मानिसहरूका बिचमा घृणा र नफरतकाे भावना बढाईएको छ । कोरोनाको आतंकका पछाडी पनि ठुलो यस्तै षडयन्त्र छ । यो वर्तमान समयको विश्व राजनीतिक लडाईं र लुटको चक्रब्यु हो । यसलाई ठिक ढंगले बुझाैं र त्यही अनुसारकाे ब्यबहार गराैं ।बन्द लकडाउन हटाऊँ आजै बाट जागौं ।”