लकडाउनको बेला दुर्घटना, सुन्दरहरैचामा साइकल यात्रुको मृत्‍यु

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका-६ मा मोटरसाईकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । आज बिहान ११ बजेको समयमा पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २९ प ६९५२ नम्बरको मोटरसाईकलले बाटो क्रस गर्दे गरेको साईकललाई ठक्कर दिंदा मोटरसाईकल चालक सिमरा-८ बाराका ४५ बर्षीय राज कुमार पुलामी, साईकल चालक स्थानीय २८ बर्षीय नवराज बराईली र साईकलको पछाडी सवार रहेका ४५ बर्षीय डम्बर बहादुर श्रेष्ठ घाईते भएका थिए ।

घाईते तिनै जनालाई उपचारको लागी बिराट नर्सिंङहोम पठाईएकोमा उपचारको क्रममा साईकलमा पछाडी सवार रहेका डम्बर बहादुर श्रेष्ठको मृत्यु भएको हो । अन्य दुबै जना घाईतेको सोही अस्पतालमा उपचार भईरहेको तथा मोटरसाईकल प्रहरी चौकी गछियाको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।