सुन्दरहरैचामा थप एक जनामा कोरोना पुष्टी

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकामा बुधबार थप एक जनामा कोरोना पुष्टि भएको छ । कोरोना सक्रमण पुष्टि हुनेमा सुन्दरहरैचा नगरपालिका वडा नं ४ का एक पुरुष रहेका छन ।

संक्रमित व्यक्ती बिरामी भई धरान स्थित घोपा क्याम्पमा उपचारको लागि गएका थिए । उपचारको क्रममा उनको स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यो सगै सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमण हुनेको संख्या ३८ जना पुगेको छ भने निको हुनेको संख्या १६ जना पुगेको छ ।