बेलबारीका एकै परिवारका ३ कोरोना संक्रमित बेलबारीकै आइसोलेसनमा


बेलबारी ४ का ३ जना कोरोना संक्रमितलाई बेलबारी नगरपालिकाले निर्माण गरेको आइसोलेसन वार्डमा राखिएको छ । बेलबारी ४ मा मंगलबार संक्रमण पुष्टि भएका एकै परिवारका ३ जना संक्रमितलाई बेलबारी २ स्थित आइसोलेसन वार्डमा राखेर उपचार गरिने बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । बेलबारी ४ धरहरास्थित उनीहरुको घरमै रहेका ३ जनालाई आइसोलेसनमा ल्याइएको हो ।