बेलबारी प्रहरी लागुऔषध कारोबारीको जालो तोड्दै

बेलबारी । मोरङको केराबारी गाउपालिकाबाट सोमबार साझ लागू औषध सहित तीन जना युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध कारोबारमा संलग्न भएको आशङ्कामा जाँच गर्दा धरानका दुई युवासहित ३ जनालाई टिडीजेसिक ९६ एम्पुलसहित पक्राउ गरिएको छ । धरान–८ का अभियान राई र उत्सब लिम्बू सहित केराबारी–५ का रूपेश राईलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरिक्षक ऋषिराज ढकालले जानकारी दिए ।

प्रहरी निरिक्षक ढकालका अनुसार डाइजेल्याब ९४ एम्पुल, एभिल ९६ एम्पुल, ल्युपिजिसिक ९६ एम्पुल बरामद गरिएको छ । उनीहरूविरुद्ध लागूऔषध कारोबार ऐन अनुसार म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरिक्षक ढकालले बताए ।

पछिल्लो चार दिनयता मोरङको केराबारीबाट प्रहरीले ३ केजी २५ ग्राम गाँजासमेत बरामद गर्न सफल भएको छ । प्रहरीले गाँजा कारोबारमा संलग्न ५ जनालाई नियन्त्रणमा पनि लिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार भदौ ४ गते केराबारी–१० बाट शङ्कास्पद हिँडिरहेको अवस्थामा सुमन कार्की, सुजन विक, आशिष दास र भूवन मण्डललाई नियन्त्रणमा लिएको हो । उनीहरूको साथबाट १ केजी २५ ग्राम गाँजा बरामद गरिएको छ ।

उनीहरूले धनकुटा क्षेत्रबाट गाँजा लिएर आएको प्रहरीले अनुमान गरेको छ । त्यस्तै आइतबार अर्थात् भदौ ७ गते पनि २ केजी गाँजासहित केराबारी–६ बाट भरत राईलाई पक्राउ गरेको छ । पछिल्लो चार दिनमा ३ केजी २५ ग्राम गाँजा बरामद गर्न सफल भएको इप्रका बेलबारीका प्रहरी निरिक्षक ढकालले जानकारी दिए ।

लागूऔषध भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जाँचको क्रममा बरामद गर्न सफल भएको हो । लकडाउनको बेला मुख्य राजमार्ग प्रयोग नगरी भित्री सडकबाट कारोबारका लागि हिँड्ने गरेको खुले पछि प्रहरीले भित्री सडकमा चेकजाचको कार्यलाई तिव्रता दिएको छ । लागुुुऔषध कारोबारीको जालो तोड्नको लागि इलाका प्रहरी कार्यालय बेलबारीले शंकास्पद क्षेत्रमा प्रहरी परिचालनलाई बाक्लो बनाएर लगिएको प्रहरी निरिक्षक ऋषीराज ढकालले बताए । चेकजाचलाई तिव्रता दिए सगै लागुुऔषध कारोबार