बेलबारी ४ मा एकै परिवारका ३ जनामा कोरोना पुष्टि



बेलबारी वार्डनम्बर ४ का एकै परिवारका ३ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेहरुमा ५० र २० वर्षिय पुरुष तथा४४ वर्षिया महिला रहेका छन् । संक्रमित हुनेहरु श्रीमान् श्रीमती र उनीहरुका छोरा हुन् ।अस्वस्थ भएपछि परिक्षण गर्ने क्रममा उनीहरुमा कोरोना पोजीटिभ देखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । गत शुक्रबार स्वाव नमुना संकलन गरेर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।उनीहरुमा केहीदिन अघि सामान्य ज्वरो आउने समस्या देखिएको भएपनि अहिले सबैको अवस्था सामान्य रहेको विश्वकर्माले जानकारी दिनुभएको छ । संक्रमित मध्ये १ जना महिला स्वास्थ्य स्वयंसेविका हुन् ।संक्रमित व्यक्तिहरुलाई आइसोलेसनमा राख्नेबारे तयारी भैरहेको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।