अस्पताल गएका थिए बेलबारीका २ नयाँ कोरोना संक्रमित


उपचारका लागि अस्पताल गएको बेला भएको परिक्षणका क्रममा बेलबारीका २ जनामा कोरोना पुष्टि भएको खुलेको छ । बेलबारीका थप २ जनामा सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । बेलबारी ३ का ३१ वर्षिय पुरुष र बेलबारी ५ की ५६ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । बेलबारी ५ की महिला अस्वस्थ भएपछि उपचारका लागि विराटनगरको मोरङ सहकारी अस्पताल गएकी र त्यहाँबाट कोसी अञ्चल अस्पताल पठाइएको थियो । कोसीमा स्वाव परिक्षण गर्ने क्रममा ति महिलामा कोरोना पुष्टि भएको थियो । बेलबारी ३ का पुरुषभने २ नम्बर प्रदेशको जनकपुर क्षेत्रमा कार्यरत रहेको र संकास्पद लक्षण देखिएपछि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिवर क्लिनिकमा उपचारका लागि जाँदा परिक्षणपछि संक्रमण पुष्टि भएको भन्ने बुझिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । दुवैको परिक्षण बेलबारी नगरपालिका मार्फतबाट नभै सम्बन्धित अस्पातलहरुमै भएकाले त्यसबारे थप जानकारी संकलन भैरहेको पनि विश्वकर्माले बताउनु भएको छ । संक्रमित पुरुष धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान पतिष्ठानमा रहेका र महिलालार्ई पनि धरान लगिने विश्वकर्माले जानकारी दिनुभएको छ ।बेलबारीमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।