बेलबारीमा थप २ जनामा कोरोना


बेलबारीमा सोमबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेलबारी ३ का ३१ वर्षिय पुरुष र बेलबारी ५ की ५६ वर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । महिलामा अस्पतालमा उपचारका लागि गएका बेला संक्रमण देखिएको प्रारम्भिक जानकारी आएको र यसबारे थप बुझ्ने प्रयास भैरहेको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ ।बेलबारीमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ ।