लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके मोरङबाट पक्राउ

नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा भनिने प्रदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार दिउँसो साढे ४ बजे घर मिलाउन विराटनगर आएका बग्गालाई प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैयाबाट लागूऔषधसहित पक्राउ गरेको मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।
उनको साथबाट डाइलेक्स डिसी १५ बोतल, नाईट्रोसन ५० चक्की र नाईट्राभेट ५१ चक्की बरामद भएको भएको छ ।
२०७५ साल मंसिर ०३ गते बिराटनगरको हुलास चोकबाट अटोमेटिक पेस्तोल सहित पक्राउ परेका मन्दिप तामाङ र सुशिल कुमार साहलाई हतियार पठाउने तथा २०७५ मंसिर ८ गते ललितपुरका रुपम राईलाई दिन भनी पठाएको लागुऔषध ब्राउनसुगर, तथा पेस्तोल सहित पक्राउ परेका बिध्यानन्द मण्डल र अनुप गिरीको घटनामा संग्लग्न रहेको खुल्न आएसंगै सर्वाधीक खोजीको सूचीमा रहेका यादवलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने सफल भएको हो । पक्राउ परेका यादवको सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
भारतको अररियाबाट नेपालको पूर्वी तराईका जिल्लामा लागूऔषध र हतियार कारोबार गर्ने गिरोहका नाइके बग्गा प्रहरीको मस्ट वाण्टेड सूचीमा थिए ।