बेलबारीमा लकडाउन भदौ १४ गतेसम्म


बेलबारी नगरपालिकाले आउँदो भदौ १४ गते राति १२ बजेसम्म लकडाउन बन्दाबन्दीको अवधी थप गरेको छ । गत साउन २२ गतेबाट जारी लकडाउनको अवधी दोस्रो पटक थप हुँदै भदौ १४ गते सम्म जारी राख्ने निर्णय गरेको हो । बेलबारीमा विभिन्न वडामा समुदाय स्तरमै कोरोना भाइरस संक्रमण देखिन थालेपछि संक्रमण फैलन नदिन कोरोना रोकथाम सर्वदलिय समन्वय समितिको निर्णय अनुसार लकडाउन जारी भएको थियो । लकडाउनको अवधीमा बजारपसल,होटल व्यवसाय,साप्ताहिक हाटबजार,यातायात,बैंक तथा वित्तिय संस्थाहरु पुर्ण रुपमा बन्द रहनेछन् ।