के छ नेकपा कार्यदलले तयार गर्दै गरेको प्रतिवेदनमा?

काठमाडौं। नेकपा भित्रको चर्को विवाद समाधानका लागी बनाएको कार्यदलले बुझाएको प्रतिवेदन दुई अध्यक्षले अध्ययन गरेपछि सचिवालयमा लगेर छलफल गर्ने र त्यसलाई स्थायी समितिमा लगेर पारित गर्ने नेताहरूले बताएका छन्। कार्यदलले शनिबार बालुवाटारमा प्रधानमन्‍त्री तथा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष प्रतिवेदन बुझाएको हो।

महासचिव विष्णु पौडेलको नेतृत्वमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य रहेको कार्यदल गठन भएको थियो।

प्रतिवेदनका मूल बुँदा

एकताको राष्ट्रिय महाधिवेशन :

केन्द्रीय समितिले तय गरेको चैत २५ देखि ३० कै मितिमा सम्पन्न गर्ने

दुई अध्यक्षको कार्यविभाजन :

– प्रतिनिधिसभाको बाँकी कार्यकाल प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने

–राजनीतिक नियुक्तिलगायत काम सचिवालयमा छलफल गराई सहमतिका आधारमा गर्ने

–सरकारलाई प्रभावकारी बनाउन मन्त्रिमण्डल हेरफेर गर्ने

– अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टी बैठक सञ्चालन, निर्णयलगायत काम कार्यकारीका रूपमा गर्ने

–एकताका बाँकी काम टुंगो लगाई महाधिवशेनमा केन्द्रित हुने

–प्रदेश सरकार प्रभावकारी बनाउन आवश्यक मात्रामा पुनर्गठन गर्ने

अन्य सुझाव :

नक्सा, आवश्यक तथ्यप्रमाणका आधारमा भारतसँग कूटनीतिक संवादमार्फत सीमा समस्या समाधानको पहल गर्ने– कोभिड–१९ को उपचार तथा नियन्त्रणदेखि कोभिडपछिको आर्थिक पुनरुत्थानसम्मका योजना बनाउने, आगामी बजेट र नीति तथा कार्यक्रमसम्मका सुझाव– शान्ति प्रक्रियाका बाँकी काम निर्धारित कार्यक्रम बनाई छिटो टुंगो लगाउने– पार्टी कार्यदलले दिएको सुझावका आधारमा सम्भव भएसम्म परिमार्जन गरी एमसीसी पारित गरेर जाने– पार्टीका दिवंगत नेताका नाममा खोलिएका प्रतिष्ठानहरुलाई विवादास्पद हुन नदिन नियन्त्रण र नियमन गर्ने

–निषेधाज्ञापछि स्थायी समिति र असोज अन्तिम साता सम्भव भएसम्म कोभिडको अवस्था हेरेर केन्द्रीय समिति बैठक बस्ने।