सुन्दरहरैँचामा कोरोना संक्रमित बढ्दो : आजपनि ६ जना थपिए


सुन्दरहरैँचामा आजपनि थप ६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयका अनुसार सुन्दरहरैँचाका ३ पुरुष र ३ महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयले दिएको पछिल्लो अद्यावधिक विवरण अनुसार सुन्दरहरैँचामा ति संक्रमित थपिएका हुन् । यसअघि हिजो विहिबार पनि सुन्दरहरैँचामा ६ जनामा कोरोना पुष्टि भएको थियो ।सुन्दरहरैँचा नगरपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमित व्यक्तिहरुको कन्ट्या ट्रेसिङ का क्रममा ति व्यक्तिहरुमा सक्रमण देखिएको हो । संक्रमितहरु सुन्दरहरैँचा ४ को रहेको स्वास्थ्य शाखाले जनाएको छ ।सुन्दरहरैँचा नगरपालिका स्वास्थ्य शाखाका अनुसार संक्रमित व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ का क्रममा ति व्यक्तिहरुमा सक्रमण देखिएको हो । संक्रमितहरु सुन्दरहरैँचा ४ का रहेको स्वास्थ्य शाखाले जनाएको छ ।यो सँगै सुन्दरहरैँचामा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ ।