बेलबारीका १० संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका ५० जनामा कोरोना देखिएन


पछिल्लो पटक गत भदौ १ गते संक्रमण पुष्टि भएका बेलबारी १ र २ का व्यक्तिहरुको कन्ट्या ट्रेसिङमा परेका ५० जना व्यक्तिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित १० जनासँग भेटघाट सम्पर्कमा आएका भनी पहिचान गरी स्वाव नमुना परिक्षणका लागि गत भदौ २ गते धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा लगिएको थियो । विहिबार आएको रिपोर्ट अनुसार ५० जना कसैमा पनि पनि संक्रमण नदेखिएको बेलबाी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । बेलबारी १ का एकै परिवारका ८ जनामा सक्रमण देखीएपछि नगरपालिकाले शिल गरेर सक्रमितहरु सँग सम्पर्कमा आउनेहरुको पिसिआर परिक्षण गरेको थियो । बेलबारीमा अहिले सम्म १८ जना सक्रमित रहेकोमा ५ जना निको भएर घर गइसकेका छन् । बेलबारीकी एक जना सक्रमित महिलाको बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उनी गर्भवति समेत रहेकी छिन ।