माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्‍यु

दमक । झापामा करेन्ट लागेर एक जना युवाको मृत्‍यु भएको छ । झापाको कमल गाउँपालिका-२ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मृत्‍यु भएको हो ।

मंगलवार अपरान्ह ५ बजेको समयमा स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई अचानक करेन्ट लागेर घाईते भएका रिजाललाई उपचारको लागी लाईफ लाईन अस्पताल दमक लगिएकोमा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको समेत ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.