सुन्दरहरैचाको सिद्देश्वर मन्दिरमा भक्तजनलाई प्रवेश निषेध

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाको वडा नं १२ मा रहेको सिद्देश्वर शिवालय मन्दिरमा भक्तजनहरुलाई मन्दिर परिसर प्रवेशमा रोक लगाइने भएको छ । कोभिड १९ बाट उत्पन्न विषम परिस्थितीका कारण मन्दिर व्यवस्थापन समितिले तत्कालका लागि मन्दिर परिसरमा भक्तजनहरुलाई प्रवेशमा रोक लगाएको हो ।

मन्दिर व्यवस्थापन समितिका अनुसार केही समयको लागि उक्त मन्दिरमा पूजापाठ लगायत मन्दिरका सम्पूर्ण गतिविधिहरु बन्द हुने भएको छ । बुधवार देखी मन्दिरको सबै गतिविधी बन्द हुने मन्दिर व्यवस्थापन समितिले जनाएको हो ।

सुन्दरहरैचा नगरपालिका क्षेत्रमा कोरोना संक्रमित व्यक्ती दिनदिनै बढ्दै गएका कारण मानविय त्रास उत्पन्न भए सगै मन्दिरको सबै गतिविधी तत्कालको लागि बन्द गरिएको समितिले जनाएको छ । सुन्दरहरैचा नगरपालिकामा बन्दाबन्दीको घोषणा भए सगै उत्पन्न विषम परिस्थितीले गर्दा स्थानिय सरकारको निर्देशन बमोजिम केही समयको लागि पूजापाठ लगायतका सम्पूर्ण गतिविधिहरु बन्द गरिएको मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।