बेलबारीका संक्रमित प्रहरीको परिवार तथा अन्य प्रहरीमा कोरोना देखिएन


बेलबारीका कोरोना संक्रमित एक प्रहरीको कन्ट्याक ट्रेसिङमा परेका सबै व्यक्तिको स्वाव नमुना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । ती प्रहरीमा संक्रमण देखिएपछि इलाका प्रहरी कार्यालय बेलबारीका उनका सहकर्मी प्रहरीहरु र उनका परिवारका सदस्य,छिमेकी सहितको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । प्रहरीमा संक्रमण पुष्टि भएसँगै उनीसँग भेटघाट,सम्पर्कमा आएका तथा सँगै बसेका परिवारका सदस्य,उनी डेरा बस्ने गरेको घर परिवारका सदस्य कसैमा पनि कोरोना संक्रमण नदेखिएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका सन्तोस विश्वकर्माले जानकारी दिनुभएको छ । कन्ट्याक ट्रेसिङका क्रममा पहिलो चरणमा १७ प्रहरीको परिक्षण रिपोर्ट नेगेटिभ आएको थियो । यस्तै थप ११ प्रहरी,परिवारका सदस्य लगायत २८ जनाको बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य शाखाले बताएको छ ।