सुन्दरहरैँचा स्थित पियु शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना : १ हप्ताका लागि अस्पताल शिल


सुन्दरहरैँचाको गोठगाउँमा रहेको पुर्वाञ्चल विश्वविद्यालय शिक्षण अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएसँगै सो अस्पताल १ हप्ताका लागि शिल गरिएको छ । अस्पताल तथा प्रसासन शिल गर्ने निर्णय भएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएसँगै बुधबार विहान बसेको आकस्मिक बैठकले सेवा बन्द गरेर शिल गर्ने निर्णय गरेको अस्पतालले जानकारी दिएको हो । । अस्पतालबाट विरामीले विभिन्न प्रयोगशाला तथा उपचार सेवा लिँदै आएका थिए । सो अस्पताल स्वास्थ्य विमा गरेकाहरुको उपचार सेवा विन्दुको रुपमा समेत रहेको छ ।