केराबारी गापा अध्यक्ष रोहित कार्कीलाई खुकुरी हान्ने जेल चलान


केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथी पालिका कार्यालयमै खुकुरी र चक्कु हान्ने भवन ठकुरी पुर्पक्षका लागि जेल चलान भएका छन् ।
अध्यक्ष कार्की माथि खुकुरी प्रहार गर्ने केराबारी १० का ३४ वर्षीय भाले भनेर चिनिने भवन ठकुरीलाई जिल्ला अदालत मोरङले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

मोरङ अदालतका न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजालशले मंगलबार ठकुरीलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । अदालतका निमिक्त श्रेस्तेदार युवराजका अनुसार अदालतको आदेशपछि ठकुरी पुर्पक्षको लागि विराटनगरस्थित मोरङ कारागार चलान भएका छन् ।

मंगलबार वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गरेपछि अदालतले आदेश दिएको हो । ठकुरीले अध्यक्ष कार्कीमाथि गत साउन २ गते गाउँपालिका कार्यालयमै उपाध्यक्ष शान्तकुमारी लिम्बु भुजेलको कार्यकक्षमा गएर चक्कु र खुकुरी प्रहार गरि घाइते बनाएका थिए । ठकुरी विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो ।