सुन्दरहरैचाका प्रमुख प्रशासकिय अधिकृतमा कोरोना पुष्टि

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपलिकाका प्रमुख प्रशासकिय अधिकृतलाई मंगलबार कोरोना संक्रमणको पुष्टि भएको छ । मंगलबार उनले आफुलाई कोरोना संक्रमणको पुष्टि भएको सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेका छन।

केही दिन अघि उनी धनुषाको जनकपुरधाम उपमहानगरपलिकाबाट सरुवा भएर सुन्दरहरैचा नगरपालिका आएका थिए । पहिलो चोटीको स्वाब परिक्षणमा कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको दोश्रो पटकको स्वाब परिक्षण रिपोर्ट पोजेटिभ आएको हो ।