जीपको छतबाट हाम फाल्दा युवकको मृत्यु

तेह्रथुममा जीपको छतबाट हाम फाल्दा एक युवकको ज्यान गएको छ । आठराई गाउँपालिका ३ को ह्वाकू हाँगेक्पामा जीपको छतबाट हाम फाल्दा निघुरादिन घर भएका १७ वर्षीय रविन तामाङको घटनास्थलमै ज्यान गएको हो ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका १ को निघुरादिनबाट तेह्रथुमको आठराई गाउँपालिकाको सङ्क्रान्तिबजार आउँदै गरेको मे १ ज ४२६ नम्बरको जीप उकालो सडकमा चढ्न नसकेर पछाडि सरेपछि रविन छतबाट हाम फालेका थिए । हाम फालेका रविनलाई त्यही जीपले किच्दा घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय सङ्क्रान्तिबजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिनुभयो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।