सुन्दरहरैचामा एक जना शिक्षकमा कोरोना पुष्टि

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपलिकामा सोमबार थप एक जना पुरुषमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । संक्रमित पुरुष सुन्दरहरैचा नगरपलिका वडा नं ५ स्थित एक घरमा डेरा बस्दै आएका थिए ।

संक्तमित उक्त व्यक्ती सुन्दरहरैचा नगरपालिकाको एक विधालयको शिक्षक रहेको सुन्दरहरैचा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मछिन्द्र बस्नेतले बताए ।

केही दिन अघि बेलबारी कार्य क्षेत्र रहेको सुन्दरहरैचाकी एक नर्समा कोरोना देखिए पछि उनकै कन्ट्र्याक्ट ट्रेसिङमा उक्त पुरुषको स्वाब परिक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । उनको स्वाब परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।