अफवाह फैलाएको अभियोगमा शर्मा पक्राउ

काठमाडौं । समाजमा अफवाह फैलाएको आरोपमा काठमाडौं प्रहरीले १ जनालाई पक्राउ गरेको छ । आफूलाई पत्रकार बताउँदै समाजमा अफवाह फैलाएको अभियोगमा मोरङ घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका सुनिल शर्मा पक्राउ परेका हुन् ।

उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो । शर्माले आफूलाई दैनिक भारतको पत्रकार बताउने गरेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतलाई जोडेर समाजमा अफवाह फैलाउने खाले स्टाटस उनले लेखेका थिए । ज्ञवालीका अनुसार शर्मा विरुद्ध मुलुकी अपराध संहितामा भएको अफवाह फैलाएको सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।