इटहरीमा एकै दिनमा १३ जनामा देखियो कोरोना

इटहरी । इटहरीमा आज एकैदिन १३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार विभिन्न वडाका १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

वीपी प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा रिपोर्टका अनुसार २१ गते पछाडि गरिएको परिक्षणमा पोजेटिभ रिपोर्ट आएको हो ।

उनका अनुसार १० जना पुरुष र तीन जना महिला रहेका छन् ।