सुन्दरहरैचामा हात्ती: विधालय देखि पसल सम्ममा क्षती

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका ८ सलकपुरमा बुधबार हात्तीको समूहले स्थानीयवासीहरुको घर देखि पसल सम्ममा क्षति पुर्याएको छ । राती करिब १० बजे आएका दुई वटा हातीले स्थानिय युवराज पौडेलको घरमा रहेको केही खाधान्न , ब्राइट फ्युचर बोर्डिङ को गेट साथै केही पसलहरुमा क्षति पुर्याएको छ ।

स्थानिय व्यक्ती युवराज पौडेलका अनुसार सबै सुतिरहेको अवस्थामा सुन्दरहरैचा नगरपालिका वडा नं ८ र ९ को जंगलको सिमानाबाट आएका दुई वटा हातीले धेरै धनजनको क्षति नगरेता पनि हातीले स्थानियलाई त्रास सिर्जना उत्पन्न गराएको छ ।

सुन्दरहरैचा नगरपालिकामा हातीले स्थानियमा त्रास दिएपछी सुन्दरहरैचा नगरपालिका वडा नं ८ का वडाध्यक्ष खेम न्यौपानेले सामाजिक संजल फेसबुक मार्फत स्थानियलाई सचेत रहन आग्रह गर्दै हाती आतंक रोक्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताएका छन ।

स्थानिय स्वंयमले होहल्ला गर्दै राती नै हातीलाई सो स्थानबाट भगाएका कारण ठूलो धनजनको क्षति भने हुन सकेन ।