युथ एड्भोकेसी नेपालद्वारा सुन्दरहरैचामा वृक्षारोपण कार्यक्रम सम्पन्न

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको युथ एड्भोकेसी नेपालले विश्व युवा दिवसको अबसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। सुन्दरहरैचा वडा नम्बर ९ स्थित इन्द्रपुर रंगाशाला पश्चिम मुस्लिम कब्रस्थान परिसरमा वृक्षरोपण गरिएको हो।

विभिन्न जातका ५० थान बिरुवा रोपिएको संस्थाकी सदस्य गीता थापाले जानकारी दिईन । संस्थाले लगातार गतवर्षदेखि नै वृक्षारोपण लगायत विभिन्न सामाजिक कार्य गर्दै आएको युथ एड्वोकेसी नेपाल, मोरङ अध्यक्ष युजिन आचार्यले बताएका छन ।

संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९९ मा हरेक बर्ष अगष्ट १२ लाई अन्तरास्ट्रिय युवा दिवस मनाउन गरेको निर्णयसंगै औपचारिक रूपमा सन् २००० देखी अगष्ट १२ का दिनअन्तरास्ट्रिय युवा दिवस मनाउन शुरु गरियतापनी नेपालले २००४ देखी मात्र शुरु गरेको हो ।

कोरोना भाइरसको जोखिमका कारण हरेक वर्ष आयोजना गर्दै आएको युथ डे लाई असर परे पनि युवाहरुले सुरक्षित विधि अपनाएर विभिन्न कार्यक्रम गर्दै आएका छन ।




Leave a Reply

Your email address will not be published.