वस्ती वस्तीमा लायन्स क्लब अफ इन्द्रपुर माक्स वितरण गर्दै

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा रहेको लायन्स क्लब अफ इन्द्रपुरले माक्स वितरण गरेको छ । क्लबले सुन्दरहरैचा नगरपालिकाको वडा नं १० र १२ को सुकुम्बासी वस्तीमा माक्स वितरण गरेको हो ।

उक्त क्षेत्रमा रहेका प्रत्येक सुकुम्बासी घरपरिवारलाई माक्स वितरण गरेको क्लबका अध्यक्ष गोपाल ढकाले बताए । विभिन्न स्थानिय तहहरुले अहिले लकडाउन साथै अत्यावश्यक काममा हिडडुल गर्न अनिवार्य माक्स चाहिने नियम बनाएपछी त्यसको असर आर्थिक हिसाबले सबल नभएका सुकुम्बासी घरपरिवारलाई पुगेको कारण लायन्सले उक्त क्षेत्रको घरपरिवारलाई माक्स वितरण गरेको अध्यक्ष ढकालले बताए ।

लायन्सले आइतबार बिहान सुकुम्बासी वस्ती मै पुगेर माक्स वितरण गरेको बताए । ढकालले विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि विभिन्न संघ सस्था,राजनितीक दल साथै व्यक्तिहरु एक भएर समुदाय स्तरमा फैलिएको कोरोना भाइरस न्यूनीकरण गर्न लाग्नु पर्ने बताए ।

ढकालले अत्यावश्यक काममा हिडडुल गर्दा अनिवार्य रुपमा माक्स र सेनिटाइजर प्रयोग गरेर मात्र यात्रा गर्न नागरिकलाई आग्रह गरेका छन ।