सुन्दरहरैचामा स्वास्थ्यकर्मी सहित तीन जनामा कोरोना

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप ३ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि हुनेमा सुन्दरहरैचा नगरपालिका वडा नं २ का वर्ष २९ का एक जना पुरुष, सुन्दरहरैचा नगरापालिका वडा नं ५ का वर्ष ३० का एक जना पुरुष रहेका छन ।

त्यस्तै बेेेलबाबेलबारी नगरपालिकामा कार्यरत एक जना महिला स्वास्थ्यकर्मीलाई समेत कोरोना पुष्टि भएको छ । उनी सुन्दरहरैचा नगरपालिका वडा नं ५ कि वर्ष ४५ कि हुन ।

सक्रमित दुई जना पुरुषलाई पुर्वाञ्चल विश्वविधालय स्थित कोभिट अस्पतालमा उपचारको लागि लगिएको छ भने संक्रमित महिला स्वास्थ्यकर्मीलाई धरान लगिने तयरी गरिएको सुन्दरहरैचा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

सुन्दरहरैचा नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ भने निको भएर फर्कनेको संख्या ११ पुगेको छ ।