१७ बर्ष पछि समातिए अभियुक्त

झापामा १७ वर्षअघि भएको कर्तव्य ज्यान सम्बन्धी मुद्दाका अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा साबिक जलथल गाविस–८ का तत्कालीन समयमा २६ वर्षीय दुर्गा मगर भनिने दुर्गाबहादुर थापा छन् ।

जिल्ला प्रहरी कार्यालय, झापाका प्रहरी निरीक्षक साकारराज पन्त नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । मगरसहितको समूहले कुटपिट गरेर साबिक टाघनडुब्बा गाविस–४ का ४५ वर्षीय विरिकलाल माझीको हत्या गरेका थिए । कोइरालाका अनुसार अभियुक्त मगर घटना लगत्तै काठमाडौंतिर छिरेका थिए । त्यसपछि भारतको कोलकत्ता, दार्जिलिङ पनि पुगेको खुलेको छ । त्यतै रहँदा वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएर उनी नेपाल फर्किएका थिए ।

हाल उनलाई जिल्ला अदालत, झापाबाट ५ दिन म्याद थप गरेर मुलुकी ऐनको ज्यान सम्बन्धी कसूरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।