प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय ८३ पुग्यो

विराटनगर, २४ साउन । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजा ३ सय ८३ पुगेको छ । शनिबार प्रदेश १ मा ६१ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ३ सय ८३ पुगेको हो । शनिबार मोरंगमा ४८, सुनसरीमा १० र ३ जना प्रदेश १ बाहिरका जिल्लाका छन् ।
मोरंगको विराटनगरका २६ पुरुष ७ महिला, बुढीगंगाका १२ पुरुष, धनपालथान, कटहरी र उर्लाबारीका १–१ जना महिला, सुनसरीको धरानका २ महिला २ पुरुष, दुहवीका ३ पुरुष १ महिला, इनरुवाका २ पुरुष, महोत्तरीका १ महिला १ पुरुष र सप्तरीका १ पुरुष कोरोना रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज १ हजार ५ सय ३४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्य १४ महिला र ४७ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ५१ हजार ६ सय ६६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।