बेलबारी नगरपालिका वडा नं २ पुर्णरुपमा शिल

बेलबारी । मोरङको बेलबारी नगरपालिका वडा नं २ लाई पुर्ण रुपमा शिल गरिएको छ । कुनै पनि ट्राभल हिष्ट्रीमा नदेखिएका व्यक्तीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भए पछि उक्त वडालाई शिल गरिएको हो ।

वडाले शनिबार एक विज्ञप्ति निकाल्दै वडा नं २ को लालभिती बजारलाई शिल गरिएको जानकारी गराएको हो । विज्ञप्तिमा भनिएको छ ” कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्न बेलबारी नगरपालिकाको वडा नं २ को लालभिती बजारलाई शिलबन्दी गरिएको छ । “

वडाध्यक्ष घनश्याम गौतमद्वारा हस्ताक्षरित विज्ञप्तिमा वडाबासी साथै उक्त टोलमा बसोबास गर्ने वडाबासीहरुलाई घरबाट ननिस्किन आग्रह गरिएको छ ।