प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ३ सय २२ पुग्यो

प्रदेश १ मा शुक्रबार ६७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै प्रदेश १ मा संक्रमितको संख्या १ हजार ३ सय २२ पुगेको छ ।
शुक्रबार मोरङमा ६४, झापामा २ र सुनसरीमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा २४ पुरुष ८ महिला, रंगेलीमा २३ पुरुष ६ महिला, बुढीगंगामा २ पुरुष, कटहरीमा १ महिला, झापाको मेचीनगर र विर्तामोडमा १–१ पुरुष, सुनसरीको धरानमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा शुक्रबार ५ जना डिस्चार्ज भएका छन् । कोभिड १९ आईसोलेसन केन्द्र, चौदण्डीगढी उदयपुरबाट ४ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरका ४ र मोरङका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ९ सय १० पुगेको छ ।
आज प्रदेश १ मा १ हजार ६ सय ९४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५ महिला र ५२ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।