स्वाद रेष्टुरेन्टले खाजाका परिकारहरु होम डेलिभरी गर्ने

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं १० स्थित विराटचौकमा रहेको स्वाद होटलले खाजाका परिकारहरु होम डेलिभरी गर्ने भएको छ । लकडाउनका कारण ग्राहकलाई रेष्टुरेन्ट सम्म असहज हु ए भएको ले विभिन्न खाजाका परिकारहरु ग्राहकको घर-घर सम्म पुर्याउन लागिएको स्वाद रेष्टुरेन्टले जनाएको छ ।

कोरोना भाइरसका जोखिम न्युनिकरण गर्नका लागि सुन्दरहरैचा नगरपालिकाले दोश्रो चरणको लकडाउन आज शुक्रवार देखि लागू गरेको छ । लकडाउनले होटल रेष्टुरेन्ट बन्द भए पनि सुरक्षित तरिकाले ग्राहकको घर-घर सम्म खाजाको विभिन्न परिकारहरु घर घर सम्म पुर्याउने व्यवस्था रेेेष्टुरेन्टले गरेको हो ।

ग्राहकले खाजा अडर गर्नको लागि ०२१-५४५०५९ टेलिफोन मार्फत अडर गर्न सक्नेछन ।