सुन्दरहरैचामा लकडाउन कडा रुपमा, सडकमा प्रहरी देखि सशस्त्र प्रहरी

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा भएको दोश्रो चरणको लकडाउन आज देखि शुरु भएको छ ।

आज देखि सुन्दरहरैचा नगरपालिकामा १० दिनको लागि लकडाउन गर्ने घोषणा नारपालिकाले गरेको थियो । लकडाउनलाई पुर्ण रुपमा कडाईका साथ पालना गराउन प्रशासनले सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरेको छ ।

लकडाउन घोषणा भए पनि प्रहरीले अत्यावस्यक सेवामा हिडेका यात्रुहरूलाई यात्रा गर्न दिएको छ ।