बिहिबार राती देखि बेलबारीमा लकडाउन हुने

बेलबारी । मोरङको बेलबारी नगरपालिकाले बिहिबार राति देखि १० दिनका लागि लकडाउन घोषणा गरेको छ । बुधबार बसेको कोरोना नियन्त्रण सामन्वय समिति, बेलबारीको बैठकले बिहिबार राती देखि लकडाउन गर्ने निर्णय गरेको हो ।समुदाय स्तरमै कोरोना संक्रमण फैलने खतरा बढ्न थालेपछि बेलबारी नगरपालिकाले पनि लकडाउन (बन्दाबन्दी) घोषणा गरेको छ ।नगरपालिकाले साउन २२ गते विहिबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्मका लागि लकडाउन घोाषणा गरेको हो । लकडाउन अवधीभर नगरभित्र अत्यावस्यक सेवाबाहेकका सबै कुरा बन्द रहने नगरपालिकाले जारी गरेको सुचनामा उल्लेख छ । यातायातका साधन पुर्णरुपमा बन्द रहने,साप्ताहिक हाटबजार,सम्पुर्ण सरकारी कार्यालय,बैंक तथा वित्तिय कार्यालय,सहकारी संस्थाहरु,नगरपालिका तथा सो अन्तर्गतका वडा कार्यालयको दैनिक प्रसासनिक सेवाहरु बन्द रहने भएका छन् । लकडाउन अवधीमा पनि औषधी पसल,अस्पताल,क्लिनिक,दुधडेरी,पेट्रोलपम्प,पानीजन्य उद्योग,पशुस्वास्थ्य केन्द्र भेटेरीनरी सेवा भने सञ्चालन गर्न पाइने नगरपालिकाले जनाएको छ ।
समुदायमा कोरोना भाइरसको सक्रमण दिनदिनै बढ्दै गएको कारण बेलबारीमा संक्रमण रोकथामको लागि समितिले लकडाउन गर्ने निर्णय गरेको बेलबारी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप शाहले बताए ।

बेलबारी नगरपालिकामा अत्यावाश्यक सेवा बाहेक अन्य पसल , हाट बजार साथै यातायात नचल्नुको साथै सडकमा यात्रा गर्ने जो कोहिले पनि मास्क अनिवार्य लगाउनुपर्ने छ ।