बेलबारी प्रहरीको सकृयता: माक्स नलगाउनेलाई रु १०० जरिवाना

सुन्दरहरैचा । स्थानिय प्रशासनले मास्क नलगाई हिँडडुल गर्नेलाई कारवाही गर्न थालेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीले आफु निकटका स्थानिय तहहरु ( सुन्दरहरैचा नगरपालिका , केराबारी गाउपालिका , बेलबारी नगरपालिका ,ग्रामथान गाउपालिका )मा माक्स नलगाई हिडडुल गर्ने जो कोहिलाई पनि कार्वाही गर्ने तयारी गरेको हो । जसका लागि ईलाका प्रहरी कार्यलय बेलबारीले आफु निकटका प्रहरीहरुलाई विभिन्न चौक चौकमा चेकजाचको लागि खटाइसकेको बेलबारी प्रहरी निरिक्षक ॠषीराज ढकालले बताए ।

प्रहरी निरिक्षक ढकालले मास्कको प्रयोगबिना बाहिर निस्कन दिएको निर्देशन विपरीत हिँड्डुल गर्नेलाई कारवाहीस्वरुप रु १०० जरिवाना तिर्न लगाइने बताए । कोरोना सङ्क्रमण निवारण नभएकाले नागरिकलाई भौतिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन सूचना गरिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

हाल देखिएको महामारी रोगबाट नागरिक आँफै सचेत भएर यात्रा गर्न समेत ढकालले अनुरोध गरेका छन । ढकालले यो रोगबाट बाँच्न सबैलाई घरबाट नानीस्किन आग्रह गरेका छन । यदी अत्यावश्यक काममा निस्किहाले पनि सुरक्षित विधी अपनाएर मास्क लगाएर सेनिटाइजर बोकेर मात्र यात्राा गर्न ढकालले सुझाव दिएका छन ।