केराबारीमा सात वर्ष अघी बन्दै गरेको पुल अलपत्र

केराबारी । मोरङको सुगम स्थानिय तहको दुर्गमा ठाउँ भलुवा जहाँ ०७ वर्ष अघी निर्माण कार्यको थालनी गरेको एउटा पुल जुन हाल अलपत्र अवस्थामा रहेको छ । केराबारी गाउपालिकामा पर्ने बेलबारी नगरपालिकाबाट उतरमा रहेको बेलचौरी र भलुवा वस्तीलाई जोड्ने तुर्के खोलाको पुल हाल अलपत्र अवस्थामा रहेको हो । स्थानिय तहको चुनाव अघी नै टेण्डर प्रकृयाबाट इटहरीमा रहेको निलगिरी निर्माण सेवाले उक्त पुलको निर्माण कार्यको जिम्मा लिएको हो । तर उक्त पुलको निर्माण कार्य ०७ वर्ष देखी बन्द रहेको भएता पनि प्रत्येक आर्थिक वर्षमा उक्त पुल पुन निर्माण गर्ने संकल्प जनप्रतिनिधिले गर्न छाडेनन । हाल उक्त पुल राजनीतिक गर्ने व्यक्तीको लागी भोट बैकको रुपमा मात्र रहेको छ ।

सातवर्ष अघिदेखि मोरङको केराबारी गाउँपालिका–९ बेलाचौरीस्थित तुर्के खोलाको पुल निर्माण सुरू गरेको ठेकेदार गायब भएका छन् । केराबारीदेखि धनकुटा जिल्ला जोड्ने तुर्के खोलाको पुल अलपत्रर छोडेर निलगिरी कन्टूक्सनका ठेक्दार युवराज डाँगी सम्पर्क बिहीन भएका हुन् । संघिय सरकारले बिनायोजन गरेको ५ करोड ५५ लाख रूपैयाँ बजेटमा २०६९ सालदेखि निलगिरी कन्ट्रक्सनले पुलको निर्माण सुरू गरेको थियो । पुल निर्माण भएको सात वर्ष बितिसक्दा पनि अहिले पिलर मात्र उठाएको छ । पुल निर्माण ढिलाईको प्रभाव केराबारी गाउँपालिका सिंगो बस्तीलाई असर परेको छ । समयमा पुल निर्माण नहुँदा यहाँका करिब चार हजार घर परिवारलाई असर पुगेको छ । भलुवा, घंघरु, बेलचौरी, विराजे, खबरघारी, र भालुगाडेका वासिन्दाहरु अहिले मुख्य समस्यामा परेको केराबारी गाउपालिकाकी कार्यपालिका सदस्य मनमाया मगरले बताइन । उनले पटक पटपटकका पुल बनाउन निर्माण कम्पनीलाई आग्रह गरेता पनि पुल निर्माण गर्न कम्पनीले चासो नदेखाएको गुनासो गरिन । उनले पुल नबन्दा वर्खा याममा सुत्केरी महिला देखी अन्य बिरामीहरुलाई अस्पातल लैजान समेत समस्या परेको बताइन ।

पुल निर्माण नभएपछी मुख्यमन्त्रीको कार्यालय घेराउ गर्न स्थानिय गए पनि स्थानियको मागको कुनै सुनुवाई भएको छैन । योजना अलपत्र भएपछि स्थानीय वासिन्दाहरु ठेकेदार प्रति रुष्ट भएका छन् । पुल निर्माणका लागि स्थानीय स्तरमा सुरेन्द्र गुरुङको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको भएता पनि ठेकेदार बेपत्ता भएपछि समिति पनि योजनाका बारेमा बेखबर रहेको बताउछन् । कि त ठेकदारलाई कारवाही गर्नु प¥यो , कि त काम लगाउनु प¥यो स्थानीय वासिन्दाहरु भन्छन् । नेपाल सरकारअले योजनाहरु अलपत्र छाडेर भाग्ने ठेकेदारलाई कालो सुचिमा राखेर कार्वाही गर्ने जनाए पनि हाल सम्म पुल अलपत्र पार्ने निर्माण कम्पनिलाई सरकारले कार्वाही गर्न सकेको छैन ।स्थानियको भनाई अनुसार निर्माण कम्पनीले कहिले काही दुई चार जना कामदार ल्याउने काम गरे जस्तो गर्ने फेरी वर्षौ दिन हराउने गरेकाछन । तर निर्माण कम्पनिले उक्त पुल बनाउन पटकापटक म्याद थप गरेको तर पुल निर्माण नगरेको स्थानियको आरोप रहेको छ ।