मोरङमा कोरोना संक्रमणबाट एक जनाको मृत्‍यु

विराटनगर । मोरङमा कोरोना संक्रमणबाट एक जनाको मृत्‍यु भएको छ । आज (बुधबार) पौने बजे मोरङका कोरोना संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । कोशी अस्पताल विराटनगरबाट बुधबार दिउँसो धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो ।

भेन्टिलेटरमा राखी उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।