करेन्ट लागेर बुढीगंगामा एक जनाको मृत्यु

विराटनगर । मोरङको बिराटनगर महानगरपालिका-११ का ३६ बर्षीय गोपाल कामतको करेन्ट लागेर मृत्यु भएको छ ।

आज बिहान १० बजेको समयमा बुढीगंगा गाउँपालिका-३ बासबारी चोकमा रहेको मिठाई पसल अगाडी टेन्ट लगाउने क्रममा अचानक हाईटेन्सन लाईनमा टच हुन गई करेन्ट लाग्दा घाईते भएका कामतलाई बिराट मेडिकल कलेज गंगा चोक पठाईएकोमा उपचारको क्रममा साँढे १० बजे मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.