पथरीमा थप २ जनामा कोरोना पोजेटिभ

पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । संक्रमितहरु वडा नम्बर २ र ६ का हुन् ।संक्रमण देखिएका २५ र ४५ बर्षीय पुरुषहरु रहेका छन् ।

उनीहरु केहिदिन अघि कतार र बहराइनबाट आएका थिए । संक्रमितहरु पथरी बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका थिए । प्रादेशिक अस्पतालमा ३१ जनाको परीक्षण गरिएको दुई जनाको टेस्ट पोजेटिभ आएको नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले जानकारी दिए ।