मोरङ क्षेत्र नं ३ मा लोकप्रिय बन्दै राजेन्द्र

सुन्दरहरैचा । विभिन्न क्षेत्रमा लागेर सामाजिक सेवामा मात्र खटिरहने नेपाली काङ्ग्रेस मोरङका जिल्ला सदस्य राजेन्द्र ढकाल अहिले मोरङ क्षेत्र नं ३ मा लोकप्रिय बन्दै गएका छन । विश्वभर कोरोना भाइरस(कोभिड–१९)को महामारी फैलिरहेको बेला सार्वजनिक हैषियतका अधिकांस मानिस ज्यान जोगाउन घरबाट बाहिर निस्केका छैनन् । तर ढकालले नागरिकको ज्यान जोगाउन विभिन्न सार्वजनिक स्थलमा जनचेतना मुलक प्रचार गर्दै हिंडे भने कतिपय सार्वजनिक स्थानमा खुट्टाले हात धुने धारा जडान गर्दिदै हिंडे । अहिले उनको यही कार्यले मोरङ क्षेत्र नं ३ मा लोकप्रियाता बढेको देखिन्छ ।

राजनीतिक क्षेत्रमा सकृय रहे पनि उनको अध्कांश समय दिनदुखिको सेवामा नै बित्ने गरेको छ । लकडाउन अवधी भर कोही भोकै नबसुन भनेर उनले विभिन्न संघसस्था सग सहकार्य गरेर गरीब दिनदुखिलाई राहत सामग्री समेत वितरण गरे ।

शनिवार ढकालले इलाका प्रहरी कार्यालय पथरी परिसरमा आधुनिक प्रविधिको हात धुने पानीटंकी राखिदिएका छन । सर्वसाधरणको चाप हुने प्रहरी कार्यालयमा प्रवेश गर्नु पूर्व हात धुनका लागि पानी र सावुनको ब्यवस्था मिलाएको ढकालको भनाई छ ।

हातले नछोइ प्रयोग गर्न मिल्ने भएको हुँदा उक्त उपकरणले कोरोना भाइरसलगायत अन्य किटाणुबाटसमेत जोगाउने उनले बताए । खुट्टाले चलाएर हात धुन मिल्ने उक्त उपकरण अहिले धेरै ठाउँमा प्रयोगमा ल्याइएको छ।

धारो हातले खोल्ने, बन्द गर्ने गर्दा कोरोना भाइरस सर्न सक्ने हुँदा खुट्टाले चलाउन मिल्ने प्रविधि विकास गरिएको हो। उक्त प्रविधियुक्त धारोमा खुट्टाले थिचेपछि पानी र साबुन खस्छ। हातले कतै नछोइकल मिचिमिचि हात धुन सकिन्छ।

ढकालले ईलाका प्रहरी कार्यालय बेलबारी , सुकुना उच्च माद्यामिक विधालय, ईलाका प्रहरी कार्यालय पथरीमा उक्त मेसिन जडान गरिदिएका हुन । ढकालको टिमले यस अघि पनि जिल्ला प्रहरी कार्यालय मोरङ,प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय पथरी, बेलबारी र हरैचामा माक्स, सेनिटाइजर,ग्लोव लगायतका सामग्री प्रदान गर्नु भएको थियो । यस्तै प्रहरी चौकी कानेपोखरी,रमाइलो, गछिया र विराटचौकमा समेत उहाँ लगायतको युवा समूहले हेड कभर,माक्स, ग्लोव र सेनिटाइजर प्रदान गरेको थियो ।

ढकालको युवा समूहमा ,युवा समाजसेवी अर्जुन गजुरेल, युवा समाजसेवी उज्ज्वल थापा, युवा साजसेवी समीर बस्नेत,प्रजातन्त्रवादी प्राध्यापक संघ ,सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष रमेश खतिवडा ,देव श्रेष्ठ लगायतका व्य्क्तीहरु रहेका छन । । नेपाली काङ्ग्रेस मोरङ जिल्ला सदस्य समेत रहेका ढकाल पछिल्लो समय सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय छन ।