मोरङमा चिया पसलबाट लागुऔषध सहित तीन जना पक्राउ

विराटनगर । मोरङमा चिया पसलबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन । विराटनगर महानगरपालिका १५ स्थित राम जनकी चौकमा रहेको २ वटा चिया पसलबाट मंलबार प्रहरीले लागुऔषध बरामद गरेको हो ।

प्रहरीले मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट Dialex dc १ बोतल, Codeine phosphate २ बोतल र Nitravet ३० चक्की तथा सहेदा खातुनको चिया पसलबाट Dialex dc ५ बोतल र बिभिन्न किसिमको लागुऔषधका खाली बोतलहरू १२ वटा बरामद गरेको हो ।

लागुऔषध बरामद भए संगै दुबै चिया पसलका संचालक र बिराटनगर-१७ का ३४ बर्षीय प्रदिप राईलाई समेत पक्राउ गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।