पथरीमा सडक दुर्घटना हुदा तीन जनाको मृत्यु

पथरी । मोरङको पथरीमा स्कारपियो र मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ । बिहीबार राती भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

पूर्व जाँदै गरेको मे १० प २७५६ नम्बरको मोटरसाईकललाई इटहरी तर्फ आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कारपियोले ठक्कर दिदा मोटरसाईकल चालक र पछाडी बस्ने युवासहित सडक यात्रा गर्दै गरेकी एक महिलाको मृत्यु भएको हो ।

मोटरसाईकल चालक पाँचथर फिदिम १० का गजेन्द्र कुमार गुरुङ र झापाका बुधबारेका लोकेन्द्र लिम्बुको मृत्यु भएको हो । यस्तै पैदल यात्री महिलाको नाम खुल्न नसकेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।