बेलबारीमा कार्यरत प्रहरी नायव निरिक्षक प्रधान ” जेष्ठ महिनाको उत्कृष्ट प्रहरी ” घोषित

सुन्दरहरैचा । ईलाका प्रहरी कार्यालय, बेलबारीमा कार्यरत प्रहरी नायव निरिक्षक रमेश प्रधान ०७७ साल जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको साथै फरार प्रतिवादी पक्राउ, लागू औषद ओसारासार लगायत अवैध चोरी निकासी पौठारीमा संलग्नहरूको सफल अनुसन्धान गरी कार्वाहीको दायरामा ल्याउन सफल भएको भन्दै उनलाई जेष्ठ महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले भनेको छ, ‘उहाँले गोप्य सूचना संकलन गरी अपराध अनुसन्धान तथा नियन्त्रणमा उल्लेखनीय भूमिका निर्वाह गरेको हुँदा सम्पादित कार्यको कदर गर्दै यसको निरन्तरता एवम् अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रोत्साहन मिलोस् यो सम्मान दिइएको हो ।’