सुन्दरहरैचामा थप दुई जनामा कोरोना, संक्रमितको संख्या ३ पुग्यो

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा थप दुई जनामा कोरोना पुष्टि भएको छ ।

क्वारेन्टाइनमा बसिरहेका एक जना महिला र एक जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो ।

सुन्दरहरैंचा नगरपालिकाको जनस्वास्थ्य शाखा अधिकृत मचिन्द्र बस्नेतका अनुसार संक्रमित महिलालाई कुबेतबाट उद्धार गरिएको थियो । संक्रमित पुरुष भने भारतबाट आएका व्यक्ति हुन् ।

बस्नेतका अनुसार संक्रमित महिला सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ११ की हुन् भने पुरुष वडा नम्बर ९ का हुन् । उनीहरुको ५ गते लिइएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको बताइएको छ ।

यस अघि सुन्दरहरैचा नगरपालिका वडा नं १ का एक जना पुरुषमा कोरोना भेटिएको थियो । उनि भने उपचार पछि केही दिन अघि निको भई कोभिड अस्पताल पुर्वाञ्चल विश्वविधालयबाट डिस्चार्ज भईसकेका छन ।