सुन्दरहरैचा नगरपालिकाले माग्यो करारमा नगर प्रहरी

सुन्दरहरैचा । सुन्दरहरैचा नगरपालिकाले करारमा म्यादी नगर प्रहरीको लागि दरबन्दी आह्वान गरेको छ ।

नगर कार्यापालिकाको ५१ औ कार्यपालिका बैठकले नगरमा १५ जना करारमा म्यादी प्रहरी भर्ना लिने निर्णय पारित गरेको हो ।

म्यादी नगर प्रहरीमा समावेश हुन दरखास्तवाला नगर भित्र बसोबास गर्ने नेपाली नागरिकता प्राप्त गरेको २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ ।

दरखास्तवाला पुर्व जनपथ, ससस्त्र प्रहरी, नेपाली सेना सेवामा कम्तिमा ५ वर्ष सेवा गरेको अनुभव हुनुपर्ने छ ।

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण न्युनिकरण , रोकथाम तथा क्वारेन्टिन व्यवस्थापनमा आईपर्ने सम्पुर्ण कार्यहरु तथा कार्यालयको सुरक्षाको निम्ति आवश्यकता अनुसार परिचालन गर्ने उद्देश्यले ६ महिनाको लागि १५ जना करारमा म्यादी नगर प्रहरी लिने निर्णय गरेक सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकालले बताए ।

उक्त नगर प्रहरीमा समावेश हुन असार १७ गते सम्म फर्म भरिसक्नु पर्ने छ । दरखास्तवालाले फर्म सुन्दरहरैचा नगरपालिका वडा नं १२ बाट लिन सक्नेनगरपालिकाले जनाएको छ ।