विराटचौकका जोडिएका सोलार बतीले क्रमश काम गर्न छाडे

सुन्दरहरैचा । रात्रीकालिन सुरक्षाको निम्ति सुन्दरहरैचा नगरपालिका स्थित विराटचौकको पुर्व पश्चिम लोकमार्गमा करिब २५ वटा भन्दा बढी पोलमा सोलार बति जडान गरिएको छ ।

करिब तीन वर्ष अगाडि सुन्दरहरैचा नगरपालिकाको केन्द्र विराटचौकमा सोलार बति जडान गरि झलमल बनाउने विषय चर्चामा थियो । त्यसको केही समयपछि विराटचौक बजार क्षेत्र ( हरैचा मोड देखि बुधबारे बजार ) मा सोलर बत्ती जडान भयो । स्थानीय पनि खुसी भए ।

जोडिएका केही बति बले पनि मुख्य चौकका केही सोलार बतिहरु भने बल्न छोडेका छन । लामो समय सम्म पनि नबलेका उक्त सोलार बति बनाउन स्थानिय निकायको ध्यान गएको छैन । स्थानीयहरुका अनुसार जडान भइसकेका ति सोलारबत्तिले क्रमश काम गर्न छाड्दै गएका छन । ‘नगरपालिकाले घर अगाडि सोलर बत्ती राख्दा ज्यादै खुसी लागेको थियो,’ एक स्थानीयले भने, ‘तर बत्ती राखेपछि नबलेका सोलार बति बनाउन स्थानिय निकाय मौन बसिरहेको छ ।

हरैचा मोड देखि विराटचौक हुँदै बुधबारे बजारसम्म सोलार बत्ति जडान गरिएको थियो । तर जडान गरिएका बत्ति नबलेको कारणले जनताका अपेक्षा पूरा गर्न सकेन । नगरपालिकाले स्थानीय बजारको सुरक्षाका लागि सोलार बत्ति जडान गरेको हो । तर बति नबलेको लामो समय सम्म पनि नगरपालिकाले ध्यान नदिएको स्थानियले आरोप लगाएका छन ।

सोही विषयमा जानकारी लिन खोज्दा सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकाल सग सम्पर्क हुन सकेन ।