सुन्दरहरैचा ३ ले वडामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सिविर

बिराटचोक ः मोरङको सुन्दरहरैचा नगरपालिका वडा नं ३ ले वडामा रहेका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण सिविर आयोजना गरेको छ ।


वडाले आइतबार वडाध्यक्ष जीवन ढुगाना साथै वडा सदस्यहरुको उपस्थितिमा जेष्ठ नागरिकको घर घरमा गएर स्वास्थ्य परिक्षण गरेको हो । वडामा भएका ८० वर्ष माथिका करिब १०० जना भन्दा बढी जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण गरिने वडाध्यक्ष ढुगानाले जानकारी गराएका छन् ।


वडा नं ३ को आयोजनामा र दुलारी स्वास्थ्य चौकिको प्राविधिक सहयोगमा यो कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ । वडाले जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण पश्चात् उपयोगी औषधिहरु समेत दुलारी स्वास्थ्य चौकी मार्फत उपलब्ध गराएको वडाध्यक्ष ढुगानाले बताए ।